रुपेन्द्र पटेल १ वैशाख ।
रौतहटमा नयाँ वर्षमा पिकनिक जाने तिब्र तयारी भएको सुचना पाएपछि रौतहटको बृन्दावनमा रहेको बिश्रामपुर प्रहरी चौकी कडाइ गरिएको छ । जिल्लाको विभिन्न स्थानबाट रौतहटको बृन्दावन नगरपालिका वडा नं—१ बलरीको जंगलमा पिनिक मानाउन जानथालेका हजारौं मानिसलाई प्रहरीले घर फरकाएको हो । कोरोना भाइरसका कारण देश संकटमा पर्दै गएका बेला रौतहटका ग्रामीण भेगका युवा तथा मानिसहरु पिकनिक मनाने तयारी गरेर जंगलमा जाने क्रममा बलरीका दर्जनौं युवाहरुको सहयोगमा बिश्रामपुर प्रहरी चौकी बाट खटिएको प्रहरीहरुले पिकनिक मनाउन जाने तथा बलरीको भोटे वस्तीमा मदिरा सेवान गर्न जाने हजारौं मानिसलाई घर फरकाएका बिश्रामपुर प्रहरी चौकीका सई सतरुधन राउतले बताएका छन् । बलरीका दर्जनौं युवाहरुको सहयोगमा प्रहरीहरुले सडकमा वार लगाएर विभिन्न सवारी साधनमा सवार भएर पिकनिक मनाउन गएका मानिसहरुलाई फरकाएका थिए । यता बिश्रामपुर प्रहरी चौकीका प्रहरीहरुले लकडाउनको पाल्ना गर्न र समाजिक दुरी कायम गर्न जनचेतना फैलाउदै आएको छ ।