अशोक पहाडी
रौतहट,१ वैशाख । रौतहट । कारोना भाइरस (कोभिड–१९) बाट संक्रमित युवकको जिल्लामा उपचार नहुने भएपछि समस्या भएको छ ।
जिल्लाका अस्पतालहरुमा आइसोलेसन वेड नभएकाले उनलाई कहाँ भर्ना गरेर उपचार गर्ने भन्ने समस्या भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख कृष्ण साहले उनको जिल्लामा उपचार हुन नसक्ने बताए । ‘कोभिड १९ को उपचारका लागि जनशक्ति र उपकरण छैन । त्यसैले नजिकैको कोभिड अस्पतालमा लैजानुपर्ने हुन्छ’ उनले भने । सरकारले जानकी, जनकपुर र वीरगञ्जको नारायणी अस्पताललाई कोभिड अस्पताल तोकेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेकाअनुसार उनलाई नजिकैको कोभिड अस्पतालमा लैजाने तयारी भइरहेको छ ।