रुपेन्द्र पटेल ३ वैशाख ।
लकडाउनको मौका छिपी रौतहटको ग्रामीण भेगमा कालाबजारी सुरु भएको छ । जिल्लाको बृन्दावन, गढीमाई, माधव नारायण लगायतका नगरपलिकामा कालाबजारी गर्नेको संख्या बढदै गएको स्थानियले बताएका छन् । खाद्यान्न वस्तुमा गाउँ घरमा रहेको पसलेहरुले कालाबजारी गरिरहेको स्थानियले जनकारी दिएका छन् । उनिहरुले प्रती किलो १ सय ६० रुपैयाँ पर्ने खाने तेल २ सय २० रुपैयाँ, प्रती किला ८० पर्ने चिनि १२० रुपैयाँ, प्रती किलो ३५ रुपैयाँ पर्ने आलु प्रती किलो ६० रुपैयाँ, कपडा धुने साबुन २० पर्नेलाई प्रती पिस ३० रुपैयाँ प्रती किलो ५० रुपैयाँ पर्ने चिउरा ८० सम्म लिने गरेको बृन्दावका स्थानिय वासिन्दाले बताएका छन् । लकडाउनको अवधिमा कालाबजारी नगर्न प्रदेश २ का मुख्य मन्त्री लाल बाबु राउतले पटक—पटक आग्रह गरेपनि रौतहटमा कालाबजारी रोकिएको छैन् । यता रौतहटको बृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादवले बृन्दावन नगर भित्रमा कालाबजारी भएमा कारवाही हुने बताएका छन् । लकडाउनका कारण दैनिक छाक टार्न समस्या परेका बेला कालाबजारी गर्ने पसलेलाई कारवाही हुने नगर प्रमुख यादवले बताएका छन ।