रुपेन्द्र पटेल ६ बैशाख ।
बर्षासंगै आएको हावाहुरी र अशिनाका कारण रौतहटमा ठुलो क्षति पुगेको छ भने जिल्लाको अधिकांश स्थानमा विद्युत् आपूर्ति ठप्प भएको छ । शुक्रवार राति करिब साढे ८ बजेको समयमा बर्षासंगै आएका हावाहुरी र अशिनाले रौतहटको बिभिन्न स्थानमा घरको छाना उडाउनुका साथै रुख तथा दर्जनौँ विद्युत्को पोल समेत ढालेको छ । बर्षासंगै आएका अशिनाका कारण रौतहमा टालिबाट छाइएको घर बढी प्रभावित भएको देखिएको छ । टालिबाट छाइएको घरका टालि अशिनाले फुटेर घरमा भएको सम्पुर्ण समाग्री पानिले भिजेर र हावाहुरीले उडायर नष्ट भएको छ । यस्तै बर्षासंगै आएको हावाहुरी र अशिनाका कारण रौतहटको उतरी भेगमा किसाले लगाएको मकै बालि पनि पुर्ण रुपमा नष्ट भएको हो । किसानले लगाएको मकै बालि कामै नलागने जस्तै अशिनाले नष्ट गरेको चन्द्रपुर ९ का स्थानिय वासिन्दा राम लोचन चौधरीले बताएका छन । चौधरीका अनुसार चन्द्रपुर नगरपलिका वडा नं—९ चेतनगरमा करिब १ हजार विघा मकै बालि अशिनाले ध्वस्त परेको छ भने सयौं घरका छाना समेत उडाएको बताएका छन् । यता चन्द्रपुर नगरपालिका वडा नं—१० मा किसानले लगाएको करिब १२ सय बिघा मकै बालि नष्ट भएको र ५ सय भन्दा बढी घर धुरीको घरका टालि फुटाएको र घरको छाना समेत उडाएको चन्द्रपुर १० का स्थानिय वासिन्दा प्रकाश निर्माणीले बताएका छन् । बर्षासंगै आएको हावाहुरी र अशिनाका कारण रौतहटको बृन्दावन नगरपालिका पनि ठुलो क्षती भएको बताइएको छ । बृन्दावन नगरपालिका वडा नं—१ स्थित बलरीमा किसानले लगाएको करिब ८ सय बिघा मकै बालि अशिनाका कारण नष्ट भएको स्थानिय वासिन्दा बच्चु पटेलले बताएका छन् । बर्षासंगै आएको हावाहुरी र अशिनाका कारण क्षती भएको स्थानमा तत्काल स्थानिय तहबाट अनुगमन गर्नु पर्ने बुद्धिजिविहरुको भनाई रहेको छ ।