बालबिक्रम कार्की
रौतहट, ६ वैशाख / नेपाल सरकारले कोरोनाभाइरस (कोभिड–१९) फैलननदिन लकडाउन गरेको आज (शुक्रबार) पच्चिस दिनपुगेको छ । लकडाउनको मर्कामा सबैभन्दा बढी दैनिकज्यालादारी गर्ने , मजदुर र श्रमिकहरु परेका छन् । कामको अभावमाखाद्यान्न सकिएपछिअहिले श्रमिकहरु सयौँ किलोमिटर हिडेर आफ्नो घर फर्कन थालेका छन् । अहिले देशैभरका राजमार्गमा यस्ता पैदलयात्रुहरु प्रशस्त देख्न पाइन्छ । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडकखण्डमा पनि यस्ता पैदलयात्रुहरु देख्न सकिन्छ ।विशेषगरी देशको राजधानी काठमाडौँ एवम् पश्चिमी क्षेत्र हुँदै पूर्वी क्षेत्रमा हिडेकायात्रुहरुले यो सडकखण्ड प्रयोग गर्दछन् । शुक्रबार यहीँ सडकखण्डमा भेटिएकाहरुले लकडाउनको काराण कामनभएर भोकभोकै बस्नुपरेको अवस्थामा जसरी पनि घर आफ्नै घर जानुपर्छ भनेर हिडेको बताएका छन् । तीनदेखि वुटवलबाट हिडेर चन्द्रनिगाहपुर आइपुगेकामोहम्मदनहिमले आफुहरु वुटवलमा घर प्लाष्टर गर्ने कामगर्दै आइरहेकोमा लकडाउनले काम नभएपछि विराटनगर स्थित घर जानभनेर हिडेको सुनाए । पाँच दिनअघि वुटवलबाट हिडेकाउनीहरु अबछ–सातदिनमाविराटनगर पुगिनेमाआशावादीथिए । उनीहरुले चाउचाउ र पानीको भरमा दैनिक आठ–दश घण्टा हिडेर चन्द्रनिगाहपुरमाआइपुगेको बताउँदै बाटोमाजहाँथकाइलाग्यो त्यहीँ सुत्ने गरेको तीतो अनुभव सुनाए । उनीहरुले बाटोमा केही गाडीहरु आएपनि नरोकोको भन्दै यस्तोबेला सरकारले पनिश्रमिकहरुलाई वेवास्ता गरेको गुनासो गरे । पाँचजनाको समुहमा रहेकाउनीहरु वुटवलमा भोकभोकै मर्नुभन्दा हिडेरै आफ्नो घरमापुग्नेभन्दै हिडेको उनीहरुको भनाइ छ । चन्द्रनिगाहपुरबा वुटवल करिब २ सय ६५ किलोमिटर पश्चिम र विराटनगर करिब २ सय ४७किलोमिटर पूर्वमाअवस्थित छ । यसैगरी सोही राजमार्गमा भेटिएका सिन्धुलीआइतसिंक तामाङ्गको पिडा पनि उस्तै थियो । ६ जनाको समुहमाधादिङ्गदेखि पैदलआएकाउनीहरुका साथमातीनजनाकाखे शिशुहरु पनिथियो । काखेशिशुलाई पिठ्युमाबोकेर उनीहरु दुईदिनधादिङ्गबाट आफ्नो घर सिन्धुलीको मरिन भन्ने ठाउँका लागि हिडेकाथिए । धादिङ्ग स्थित इट्टाभट्टामामजदुरको रुपमाकार्यरत उनीहरुलाई लकडाउनका कारण इट्टाभट्टाबन्दभएकाले खाननपाउने अवस्था भएपछि घरजानभनेर पैदलनिस्कीएकाथिए । बाटोमाबच्चाबोकेको देखेर कुनैकुनै छोटोदुरी सम्मकालागि ट्रकहरुले चढाएपनि अधिकांस ठाउँमा पैदलनै हिडेर आइपुगेको उनीहरु बताउँछन् ।उनीहरुले बाटोमाखानको लागिकोठाबाटै रोटी बोकेको र त्यो सकिएपछि चाउचाउ र चिउरा खाएर हिडिरहेको उनीहरुले सुनाए । ‘जसरी पनि घर पुग्नुपर्छ भनेर हिडेका छौँ’ तामाङ्ग भन्छन् , कोठामा खाननपाएर मर्नुभन्दा हिडेरै घर पुग्नु ठिक ठानेर हिडेकाहौँ । अबदुइदिनमा त कसो घर नपुगिएला ।’ उनले रातीको समयमाआफुहरु जंगलमा सुतेको र बाटोमा सहयोगीमनहरुले दिएको पानी र चाउचाउको भरमाचन्द्रनिगाहपुरसम्मआइपुगेको बताए । चन्द्रनिगाहपुरबाट धादिङ्ग करिब२ सय ४४ किलोमिटर र सिन्धुलीकरिब १ सय १६ किलोमिटर टाढा पर्दछ । यसरी पैदलआउनेहरु अधिकांस श्रमिकहरु रहेका छन् । उनीहरुलकडाउनले कामबन्द भएपछि पैसाको अभावमाखानसकिएर भोकभोकै पर्ने अवस्था आएपछि जे पर्ला पर्ला भनेर आफ्नो घरसम्म हिडेरै जानलागेको बताउँछन् । उनीहरुले आफुहरुले दुःखपाउँदा सरकारले कुनै किसिमको सहजीकरण नगरेको भन्दै आफुहरु राज्यविहिन जस्तो भएको गुनासो गरे । यसरी हिडेर आउने अधिकांसको खुट्टाहरु सुन्निएकाथिएभने राम्रोसँगबोल्न नसक्ने अवस्थामाउनीहरु रहेकाथिए ।उनीहरुले पहुँच र पैसा भएकाहरुले लकडाउनमा पनि गाडीको पास बनाएर आफ्नो आफन्तहरुलाई विभिन्न स्थानबाट ल्याइरहेको भन्दै आफुहरु जस्तो श्रमिकको दुःख कसैले पनिनबुझेको दुखेसो गरे ।

????????????????????????????????????