रुपेन्द्र पटेल / ओम प्रकाश यादव
बैशाख ६ गरुडा ।
कोरोना भाइरसले निम्त्याएको यस महासंकटको घडिमा रौतहट क्षेत्र नं ४ का अरु माननिय सांसदहरु हराएपनि सांसदकै प्रत्याक्षी एवं गरुडा निवासी समाजसेवी कन्थमनि प्रसाद जयसवालले यतिखेर राहत वितरण गरिरहेका छन । लकडाउनका कारण खाद्यान्नको अभावमा चिउरा, भुजा खाएर गुजारा चलाउने क्षेत्र नं—४ का अति विपन्न तथा गरिब परिवारहरुलाई राजपा नेपालका सांसदका प्रत्याक्षी समेत रहेका नेता कन्थमनी प्रसाद जयसवालले आफ्नो निजी लगानीमा विगत केहि दिनदेखी गरिब, असाहाय परिवारहरुलाई खाद्यान्न समाग्रि वितरण गरिरहेका छन् । निकै दयालु स्वभाव भएका समाजसेवी जयसवाल आज मात्रै ५५ जनालाई राहत बाँडेका हुन । आज गढीमाई नगरपालिका ४ र ९ को पर्सा, संग्रामपुर, चिलमिलिया, इनर्वा र सुन्दरपुर टोलमा ५५ जनालाई प्रति परिवार १० किलो चामल, तीन किलो आलु, १ किलो दाल, १ किलो प्याज, १ किलो नुन, आधा लिटर करुतेल, साबुन र मास्क वितरण गरिएको छ । रौतहट निर्वाचन क्षेत्र नं ४ मा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य भएपनि अहिलेसम्म कसैले पनि राहत बाँडन नसकेको अवस्थामा समाजसेवी जयसवालले गरिवलाई सहयोग गरेको भन्दै उहाँको सर्वत्र प्रशंसा भइरहेको छ ।