रुपेन्द्र पटेल, ७ बैशाख ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—१० मा राहत वितरण भएको छ । रौतहट क्षेत्र नं—४ का सांसदका प्रत्यासी एवं राजपाका क्षेत्रीय अध्यक्ष समेत रहेका नेता कन्थमनी जयसवालले आईतबार पनि चन्द्रपुर नगरपालिका वडा नं—१० का बालचनपुर, बकतौरा, बलुवा, घाघिटोल र श्रीनगर का करिब ५५ जना अती गरिब विपन्न घर परिवारलाई राहत वितरण गरेका छन् । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि सांसदका प्रत्यासी नेता जयसवालले आफ्नो ब्यक्तीगत लगानिमा सहि गरिबीको पहिचान गरि राहत वितरण गरिरहेका छन् । नेता जयसवालले रौतहटको विभिन्न स्थानमा करिब ५ दिन देखि राहत वितरण गर्दै आएका छन् । नेता जयसवालले लगातार ५ दिन देखि आफ्नो व्यक्तीगत लगानिमा रौतहटको गरुडा र गढीमाई र चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा राहत वितरण गर्दै आएका छन् । उहाँले जिल्लाको गरुडा नगरपालिका वडा नं—४ मा ७५ जना र गरुडाका वडा नं—२ र ३ मा ६५ जना र गढीमाई नगरपालिका वडा नं—३, ४ र ९ मा १०१ जना र आईतबार चन्द्रपुर नगरपालिका वडा नं—१० मा ५५ जना गरि कुल २९६ जना गरिब, दलित, अपांग, लगाएत अति विपन्न परिवारलाई प्रति परिवार १० किलो चामल, तीन किलो आलु, १ किलो दाल, १ किलो प्याज, १ किलो नुन, आधा लिटर करुतेल, साबुन र मास्क वितरण गरिएको छ । राहत वितरन गरेका छन । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेश्यका साथ सही गरिब परिवारहरुलाई पहिचान गरि नेता जयसवालले आफनै व्यक्तिगत लगानीमा राहत वितरण गरेका हुन ।