अशोक पहाडी
रौतहट,१२ बैशाख । जिल्लामा रिपोर्ट नेगेटिभ आएपछि रौतहटका क्वारेन्टाइनबाट धमाधम घर फर्कने क्रम बढदै जान थालेको छ । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आहृवान गरेको लकडाउनकै क्रममा भारतलगायत विदेशबाट आउनेलाई खोजीखोजी जिल्लाका २६ स्थानमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो । पछिल्लो समय अधिकांशको रिपोर्ट नेगेटिभ आएपछि धमाधम घर फर्कन थालेका हुन ।
क्वारेन्टाइनमा राखिएकाहरुको सुरक्षामा तैनाथ नेपाली सेना पनि सुरक्षित तरिकाले चारैतिर सेन्ट्री पोस्ट बनाएर बसेका छन । बिहीबारसम्म ४ सय ४६ मध्ये २ सय ५९ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएपछि उनीहरु खुसी भएर घर फर्केका हुन । अहिले १४ महिला, १ सय ७३ पुरुषहरुको स्वाब टेस्ट र रिपोर्ट पर्खिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लाको इशनाथ नगरपालीकाको औरैया माविमा एकजना १९ वर्षीय युवकमा पोजेटिभ देखीए पनि अन्यको रिपोर्ट नेगेटिभ आइरहेको छ । चन्द्रनिगाहपुरस्थित महिला फुटबल एकेडेमी र औरैया माविमा स्थापना गरिएको क्वारेन्टाइनबाट ७५ जना घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताएछन् ।
प्रशासनको निर्देशनमा क्वारेन्टाइनमा बसेकाहरुको घर परिवार र सम्पर्कका गरि ६१ हजार ३ सय ४१ को ¥यापीड टेस्ट गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रजिअ घिमिरेले जानकारी दिए ।