अशोक पहाडी ,
रौतहट,१३ बैशाख ।
बेकौषमी बर्षासंगै आएको असिनाको कारण रौतहट जिल्लामा ठुुलोक्षती भएको छ । सामान्य असिना भन्दा शुुक्रवार अपरान्ह परेको असिनाको साईज ठुलो रहेकाले जिल्लाका सैयौंघरको छानामा रहेको टायल र खपडा फुुटेर घरमा बस्नै नहुने भएको स्थानीयले बताएकाछन् ।
दुुई किलोमिटर चौडाईमा रौतहटको कटहरिया नगरपालिका १ र २ को केहीस्थान र गुुजरा नगरपालिका ६ को खतवहिया टोल,फतुवा बिजयपुुर नगरपालिकाको केही वडाम असिना बाट प्रभावित बनेको छ ।
असिनाको साईज सानो देखी आधीकिलो सम्मको रहेकाले किसानले खेतमा लगाएको मकैबाली,तरकारीबाली,फल्न लागेको आँप लगायतको बाली पुर्णक्षती भएको स्थानीय किसानको भनाइ छ ।
कटहरिया नगरपालिकाको दुुईवटा वडामा १५ सय घरको छानामा रहेको टायल र खपडा कामै न लाग्ने भएको कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले जानकारी दिएका छन ।
त्यसैगरी सैयौं बिगहा बाली नष्ट भएर करोडौंको क्षतीभएको मेयर कुश्वाहाले जानकारी दिएका छन । उता गुजरा नगरक्षेत्र अन्र्तगत ६ सय घरमा असिनाले क्षती पुुगेको र बालीको क्षतीबारे तथ्यांक संकलन भईरहेको मेयर सन्तलाल चौधरीले जानकारी गराएका छन ।
पश्चिमीभेगमा पर्ने फतुवा बिजयपुर नगरपालिका अन्तरर््गत करीब दुुईसय घरमा क्षतीपुुगेको ईलाका प्रहरी कार्यालय बिजयपुरका ईन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिएका छन ।
यसैबिच जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा सिडिओ बाशुुुदेव घिमिरे असिना प्रभावित क्षेत्रमा स्थलगत निरिक्षण गर्ने बताएका छन ।