अशोक पहाडी
रौतहट,१३ बैशाख । जिल्लाको मौलापुर नगरपालिका अन्र्तगत एक पोल्ट्री फर्ममा कुखुुरा मरेर लाखौं बराबरको क्षती भएको छ ।
मौलापुर ८ सोनरनिया स्थित न्युुशिव बहुुुउदेशिय कृषीफर्मद्धारा सञ्चालित पोल्ट्रीफर्ममा ठुुलोसंख्यामा कुखुुरा मरेर लाखौंको क्षती भएको हो ।
फर्ममा रहेको १८ हजार कुुखुरा मध्ये ११ हजार बढीमरेर झण्डै ७५ लाखरुपैया क्षतीभएको फर्मका सञ्चालक शिवसंकर यादवले जानकारी दिएका छन ।
लकडाउनको कारण कुुखुुरालाई चाहिने दाना उपलब्ध नभएको कारण उक्त कुुखुुराहरु मरेकाले ठुुलो क्षतीभएको सञ्चालक यादवले जानकारी दिएका छन ।
१८ हजार कुुखुुरालाई दैनिक ४० बोरा भन्दा बढी दाना चाहिन्छ । लकडाउनको कारण दाना आपुुर्ती असहज हुनथालेपछी सुुरुमा दिउसो ख्याउने र राती बती निभाएर राख्थे ।
दानाको स्टोक सकेपछी मकै र धान पिनेर केहीसमय कुखरालाई ख्वाउदै राखे पछी कुखुुराले पिनेको मकै र धान कम खान थालेपछी कुखुुराहरुको मर्नेक्रम सुुरुभएको सञ्चालक यादवले बताएका छन ।
अब दुुईचार दिन देखी केहीमात्रामा दाना आउन थालेपनी कुखुराको मर्नेक्रम सुुरुभएको र शनिवार सम्म ११ हजार भन्दा बढी कुखुुरा मरीसकेको यादवले दुखेसो पोखेका छन ।
हाल फर्ममा रहेको करीब ७ हजार कुखुरा तत्काल सप्लाई नभए बाहरि पठाउन नसकेमा कुुखुुरा मर्ने ठुुलो जोखिम रहेको यादवले जानकारी दिएका छन ।
३ किलो सम्मको कुखुराको साईज भईसकेकाले फर्ममा राखेर दाना ख्वाउँदा पनी उल्टै घाटाहुने किसान शिवसंकर यादवले जानकारी दिएका छन ।
कृषी विकास बंैक गरुडा शाखा बाट १ करोड ५० लाख रुपैया ऋण लिएर फर्म सञ्चालन गरेकोमा आधाभन्दा बढीरकम कुखुुरा मरेर सकेकाले किसान यादवले सरकार संग क्षतीपुुर्तीको माग समेत गरेका छन । रौतहटका सिडिओ बाशुुदेव घिमिरेले ब्यवसायीको पिडालाई सुनेर सामाजिक दुुरीलाई ध्यानमा राखेर कुखुुरा बेच्नसक्ने बताउदै बाहिर पठाउने ब्यवस्था मिलाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।