कतार,१९ बैशाख, कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार ९६ पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कतारमा ६ सय ८७ नयाँ संक्रमित फेला परेका हुन् भने आज थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने ९६ बर्षीय र ४० बर्षीय नागरिक रहेका छ भने उनीहरु दीर्घ रोगबाट ग्रसित रहेको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।

यो संगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ४ सय ३६ जना निको भएर घर फर्किएका छन् । आज मात्रै ६४ जना संक्रमित निको भएर फर्केका हुन् ।

त्यस्तै हाल यहाँ १२ हजार ६ सय ४८ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म ९७ हजार ७ सय २६ जनाको कोरोना जाँच भएको छ । आज मात्रै ३ हजार २ सय २६ जनाको कोरोना जाँच गरिएको थियो ।

कोरोना संक्रमितको संख्या थपिदै गएपछि संक्रमित र आशंका गरिएका विरामीहरुलाई राख्ने ठाउ समेत अपुग हुन थालेको छ । थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु रहेका छन् । उनीहरु मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन ।