चन्द्रपुर,२३ माघ ।
लागु औषध नियन्त्रण व्युरो पर्सा वीरगंजको टोलीले लागु औषध गाजा सहित एकजनालाई पक्राउ गरेको छ ।
टोलीले महोत्ररी जिल्लाको बर्दिवासाबाट ८६ किलो गा“जा सहित सिन्धुपाल्चोक घर भएका एकजनालाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय बर्दिवासमा बुझाएको छ । शुक्रबार सांझ ६ बजेको समयमा सिन्धुलीबाट बर्दिवास आउदै गरेको अवस्थामा बा १८ च ३९५५ नम्बरको पिकप भ्यानमा लोड गरेर ल्याउदै गरेको अवस्थामा टोलीले सिन्धुपल्लान्चोक जिल्लाको सुनकोशी गाउपालिका वडानं ४ घर भएका ३१ बर्षका रमेश राना मगरलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बर्दिवासमा बुझाएको लागु औषध नियन्त्रण व्युरो पर्साका प्रमुख सइ भरत पुडासैनीले तराई एक्सप्रेसलाई जानकारी दिएइकाछन् । सो टोलीले मधेसका जिल्लामा हुने लागु औषधको कारोवार नियन्त्रणका लागि अभियाननै चलाएको छ ।
टोलीले मधेसका जिल्लामा हुने तिब्र रुपमा भईरहेको लागु औषधको कारोवारलाई नियनत्रण गर्नका लागि टोलीनै परिचालन गरेको सइ पुडासैनीले जानकारी दिएकाछन् ।
मधेस प्रदेशका जिल्लामा हुने लागु औषधको कारोवार नियन्त्रणका लागि प्रहरीले लागु औषध नियन्त्रण व्युरोनै गठन गरेर अप्रेसन गर्दे आएको पुडासैनीको भनाइ रहेको छ ।








