चन्द्रपुर,२७ माघ । चन्द्रनिगाहपुरको सरकारी अस्पतालका डाक्टर संजिव कुमार साहले सरकारी अस्पताल आउने बिमारीलाई चन्द्रपुर अस्पताल प्रा ली मा पठाउने गरेका छन् । सरकारी अस्पतालका प्रमुख समेत रहेका करारका डाक्टर साहले आफ्नो कार्यकक्षमा ताला मारेर चन्द्रपुर अस्पताल प्रालीमा जाने गरेको सरकारी अस्पतालका कर्मचारीले बताए । बिहिबार साहले अस्पताल लथालिङ बनाउने काम गरेको भन्दै सरकारी अस्पतालका कर्मचारीले उनलाई घेराउन गरेका थिए । सरकारी अस्पतालमा एक्सरे लगाएतका उपकरण नभएपछि उनले निजी अस्पताल चन्द्रपुर अस्पतालमा बिमारी रिफर गरेर त्यहाबाट कमिशन खाने गरेको गुनासो बढेको छ । थप समाचार भोलीको तराई एक्सप्रेस दैनिकमा पढनुस ।