चन्द्रनिगाहपुर,२ फागुन ।
गत असारमा टालटुल पारेको पुर्व पश्चिम राजमार्ग फेरी उस्तै भएको छ । चन्द्रनिगाहपुर बागमती सडक खण्डको बिभिन्न स्थानमा असारमा टालेको सडक फेरी उस्तै भएको हो । असारमा आश्रेय निर्माण सेवा टालटुल पारेको पुर्व पश्चिम राजमार्गको अवस्था फेरी उस्तै भएको छ ।
राजमार्गका बिभिन्न स्थानमा भएका खाल्डाका कारण साना सवारी दुर्घटनाको खतरा बढदै जान थालेको छ । सवारीसाधन चलाउनै समस्या हुने गरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर बागमती खण्डमा जताततै रहेको खाल्डो बनेको छ । अतिव्यस्त रहने राजमार्गमा गहिरो खाल्डोले दुर्घटना बढाएको छ । राजमार्गमा अधिकांस दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
असारको अन्तिम हप्ता टालटुल भएको राजमार्ग फागुनमै भत्केर समस्या उत्पन्न भएको सवारी चालकहरुले बताएकाछन् ।
झमझम पानी परेका बेला सडक टाल्ने काम भएकाले ६ महिना पनि नबित्दै भत्केको हो । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको चरम लापारवाहीका कारण सडकको दुराअवस्था भएको स्थानीयको भनाइ रहेको छ । यस्तै चन्द्रनिगाहपुर गौर सडक खण्डको अवस्था समेत नाजुक रहेको छ । सो सडकका बिभिन्न स्थानमा पिच भत्केर सवारी दुर्घटनाको खतरा बढेको हो ।
यस्तो बिषयमा सम्बन्धीत निकाय सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले चासो नदिएका कारण सडक पिच भएको ६ महिना नबित्दै भत्केको स्थानीय बासिन्दाले बताएकाछन् ।








