चन्द्रपुर,८ फागुन ।
मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले आउ“दो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । जनता समाजवादी पार्टीका नेता समेत रहेका मुख्य मन्त्री राउतले मधेश प्रदेश सहित देशभरिनै जनता समाजवादी पार्टीको पक्षमा जनलहर आएकाले आगामी दिनमाहुने तिनै तहको निर्वाचनमा जसपाको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने दाबी गरेका हुन् । रौतहटको गुजरा नगरपालिकाको कनकपुर मा सनिबार जनता समाजवादी पार्टी नेपाल गुजरा नगर कमिटीले आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै मुख्य मन्त्री राउतले जनता समाजवादी पार्टीको नीति, सिद्धान्त, विचार र यस्ले गरेको कामलाई देखेर नागरिकले फेरि तीनै तहको चुनावमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने प्रस्ट पारेका हुन् ।
तराई मधेशका उत्पीडित दलित, थारु, आदिवासी, जनजाति, मुस्लिम लगायतका जातजातिको हक अधिकार का लागि लड्ने एक मात्र पार्टी जनता समाजवादी पार्टी मात्र रहेकोले आउदो चुनावमा जनता समाजवादी पार्टी जित्नु को विकल्प नरहेको समेत उनले बताए ।
मधेशी जनतालाई सधैं हक अधिकार दिन नचाहने र अधिकार बाट वञ्चित गरेर राख्ने कांग्रेस, एमाले, माओबादी पार्टीलाई आउ“दो चुनावमा पहिचान गरी लखेट्नु पर्ने उनले धारणा राखे । सोही कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले मधेश र मधेशी जनतालाई अधिकार दिन नचाहने एमाले, माओवादी, कांग्रेसका नेतालाई मधेशी जनताले आउदो तिनै तहको निर्वाचनमा राम्ररी सबक सिकाउनु पर्ने बताए । एमाले, माओवादी र कांग्रेसले मधेशी जनतालाई पटक पटक ठग्ने काम मात्र गरेकोले आउदो चुनावमा उनीहरुलाई भोट नदिन राज्य मन्त्री यादवले सबैलाई आग्रह गरेका थिए । राज्य मन्त्री यादवले भने पहाडी शासक वर्गले चुनाव आउदा तपाईहरुको अधिकारका लागि हामी लड्छौ जस्ता झुठो आश्वासन दिएर मधेशी संग भोट माग्ने गरेको र चुनाव जितेर सत्तामा पुगेपछि मधेशी जनता संग गरेको वादा बिर्सने गरेको उनले बताए । मधेश र मधेशी जनताको हक अधिकार जनता समाजवादी पार्टी ले मात्र दिलाउन सकने दाबी गर्दै राज्य मन्त्री योगेद्र यादवले आफ्ना हक अधिकारका लागि आउदो स्थानीय, प्रदेश र संघको निर्वाचनमा जनता समाजवादी पार्टी लाई बहुमतका साथ जिताउन सबैलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी, रौतहटका प्रदेश सांसद शेख फुलबाबू, प्रदेश सांसद रामकिशोर यादव, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, उपमेयर शेख रौसन खातुन, जनता समाजवादी पार्टी नेपालका नेता ब्रिज यादव, धर्मेन्द्र पटेल,राजकुमार दास, कौशर खान मिथिला लगायतका नेताहरुले आ आफ्ना मन्तब्य राखेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौ जना जना समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
एमाले, माओवादी, कांग्रेस छोडी जनता समाजवादी पार्टीमा प्रवेश गरेका नवप्रवेशीहरुलाई मुख्य मन्त्री लालबाबु राउतले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकदै जादा सो पार्टीले आफ्ना गतिबिधि बढाएको छ । २०७८ फागुन ८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








