चन्द्रनिगाहपुर,६ जेठ ।
चन्द्रपुर नगरपालिकामा भएको चुनावमा नेकपा माओवादी केन्द्रका दूईजना वडा अध्यक्ष दोहोरिएका छन् । चन्द्रपुर २ मा दुत बहादुर थिङ र ३ बोधनाथ देवकोटा दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा पुन ः दोहोरिएका हुन ।
३ नम्बर वडामा वडा अध्यक्ष देवकोटाले पहिलो पटक वडा अध्यक्षमा चुनाव जित्दा लाल बहादुर दोङसंग १३ मतले जित निकालेका थिए । यो चुनावमा देवकोटाले १३९१ मत ल्याउदा पुरानै प्रतिद्धोन्द्धी दोङले १३११ मत ल्याएका थिए । दोङ भन्दा ८० मत बढी ल्याएर देवकोटाले चुनाव जितेका हुन ।
वडानं २ मा पनि दुत बहादुर थिङले आफ्ना पुरानै प्रतिद्धोन्द्धीलाई पाखा लगाउदै जित निकाल्न सफल भएका थिए । थिङले २१०१ मत ल्याउदा उनका पुरानै प्रतिद्धोन्द्धी कल्याण कुस्वारले १७७२ मत ल्याएका थिए ।
उता चन्द्रपुर नगरपालिका वडानं ७ मा पनि नेपाली कांग्रेसका बिष्णु प्रसाद उप्रतीले दोस्रो कार्याकालका लागि वडा अध्यक्षमा बिजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवारलाई पाखा लगाउदै दोस्रो कार्याकालका लागि जित निकालेका हुन ।
उनीहरुले स्थानीय स्तरमा गरेका राम्रो कामका कारणनै उनीहरुलाई जनताले पत्याएको स्थानीयको भनाइ रहेको छ ।
आफुले गरेको कामका कारण दोस्रो कार्यकालका लागि वडाबासीले आफुलाई रुचाएको देवकोटाले बताए । २०७९ जेठ ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।