चन्द्रपुर,२६ भदौ । यातायात मजदुर बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ११औ वार्षिक साधारणसभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सनिवार संस्थाले आफ्नै कार्यालयमा साधारणसभा सम्पन्न गरेको थियो ।
सस्थाका अध्यक्ष भिम बहादुर बिस्वकर्माको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममाको प्रमुख अतिथिमा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष देबकी नेपाल रहेकी थिईन । कार्यक्रमको बिशिष्ट अतिथीमा चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलम, अतिथी चन्द्रपुर नगरपालिका वडा न.६का अध्यक्ष सहदेब केसी,सन्कल्प साकोसका अध्यक्ष बिभु कुमार पोखरेल,नव बिकास साकोसका सचिब राजेन्द्र तिवारी ,स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र बहादुर राना ,सफल साकोसका सचिब प्रकाश तिमल्सिना ,पत्रकार बाल बिक्रम कार्कीले सहकारीका सम्बन्धमा आफ्ना धारणा राखेका थिए । साधारण सभा कार्यक्रमले विभिन्न कार्यक्रम तथा प्रस्ताबहरु पारित तथा अनुमोदन गर्दै कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो ।








