रौतहट २२ असोज । रौतहट स्थित जनता समाजबादी पार्टीका जिल्ला सदस्य तथा मेयर प्रत्याशी सहित दर्जन नेता पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन । प्रदेश तथा प्रतिनिधिसभा मनोनयन दर्ता गर्न दुई दिन बांकी छंदा स्थानीय फतुवाबिजयपुर नगरपालिकाका जसपाका मेयर प्रत्याशी अजय यादव लगायतका नेता कार्यकर्ताहरु नेकपा (एमाले)मा प्रवेश गरेका हुन । नेकपा एमाले स्थायी समिति सदस्य तथा पुर्वमन्त्री प्रभु साहको पहलमा बालकोटमा शुक्रबार सांझ आयोजित एक समारोहका बीच यादवका साथै जसपाका केही वडा अध्यक्षका प्रत्याशी समेत एमालेमा प्रवेश गरेका थिए । एमाले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलि र प्रभु साहले नवप्रवेसिलाई संयुक्तरूपमा टीका लगाई खांदा ओढाएर स्वागत गरेका थिए । मधेसीको अधिकार र सम्मान दिलाउने एकमात्र एमाले पार्टी रहेकाले आफुहरु जसपा त्याग गरि एमालेमा प्रवेश गरेको नवप्रवेसिहरुले छोटो प्रतिक्रिया दिएका थिए ।