रौतहट,२३ साउन । बागमती नदिमा पानीको बहाव कम हुदै गएको छ । बिहानको तुलनामा अहिले तीन बजे सम्ममा नदिमा पानीको बहाव कम हुँदै गएको स्थानीयले बताएका छन । रौतहटको चन्द्रपुर १ बागमतीमा रहेको धार्मिक पर्यटकिय स्थल नुनथर डुवानमा परेकोमा अहिले पानिको सतह घटेर नुनथरमा स्थानीयको आवत जावत बडेको स्थानीय सिमर बाबू कार्कीले बताए ।








