चन्द्रपुर,२३ साउन । हिजो देखीको अविरल बर्षाका कारण रौतहटको चन्द्रपुर नगरपालिकाको वडानं ८ को कार्यालय डुवानमा परेको छ । बर्षाका कारण सो वडाको बिभिन्न स्थान सहित खेतीयोग्य जमिन समेत डुवानमा परेको छ । चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चोधरीले आज दिउसो आफ्नो वडा कार्यालय बर्षाका कारण डुवानमा परेको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटस राखेका छन् ।








