रौतहट,२३ साउन । खेतमा काम गरेर फर्किने क्रममा एक्कासी वागमती नदीमा आएको बाढीमा डुबेर रौतहटको गढीमाई नगरपालिका वडा नम्वर २ का एक वृद्ध व्यक्तिको डुबेर मृत्यु भएको छ । गढीमाई नगरपालिका वडा नम्वर २ का ६५ बर्षिय सहिद राय भाँट विहान वागमती नदी पारी सर्लाही बरहथवा नगरपालिकाको वडा नम्वर ४ स्थित खेतमा काम गरेर फर्किरहेको अवस्थामा मंगलबार दिउसो १२ बजेको समयमा बढीको पानीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन । भाँटलाई डुविरहेको अवस्थामा स्थानीयले उद्धार गरेर उपचारको लागि चन्द्रपुर अस्पतालमा ल्याएका थिए । उनलाई तत्काल चिकित्सकले मृत घोषणा गरेको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले बताए ।








