गौर,२५ साउन ।
आम जनता पार्टीका अध्यक्ष तथा रौतहट क्षेत्रनं ४ का संघिय सासद प्रभु साहले रौतहटका केही राजनैतिक दलका नेता सहित संचारकर्मीमाथि गालिबेईजतीको मुद्धा दर्ता गराएका छन् ।
आजपाका अध्यक्ष प्रभु साहले रौतहट जिल्ला अदालत गौरमा रामकिशोरी यादव, सुनिल भन्ने जितेन्द्र यादव, योगेन्द्र यादव, रामेश्वर यादव, श्यामबिहारी यादव, बृजकिशोर यादव माथि गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन ।
उनले जनकपुरबाट प्रशारण हुने जानकी टेलिभिजनका कार्यक्रम प्रस्तोता साजन कुमार यादव ,रौतहट समाचारदाता मेवालाल यादव बिरुद्ध गालीबेईजतीकाु मुद्धा दर्ता गराएका हुन ।
आम जनात पार्टीका अध्यक्ष साहले आफ्नो बिरुद्ध उनीहरुले नाराजुलुसका साथ आफुलाई हत्यार भन्दै नारावाजी गरेको प्रति आफ्नो प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै जिल्ला आदालत गौरमा मुद्धा दर्ता गराएका हुन । आफु पटक पटक नेपाल सरकारको मन्त्री भईसकेको मान्छेलाई बदनाम राउने उदेश्यले गत साउन ९ गते गौरमा भेला भएर आफ्नो बिरुद्ध गालिबेईजती गरेको भन्दै मुद्धा दर्ता गराएका हुन ।
साहले मुद्धा दर्ता गराएका सबैजना यादव भएको भन्दै अहिले सामाजिक संजालमा यादव बिरुद्ध पुर्वमन्त्री साहले मुद्धा दर्ता गराए भन्ने आसयका पोष्टहरु सार्वजनिक भईहरहेका छन् ।