रौतहट,३ असोज । संबिधान दिवसका अवसरमाा नेपाली काग्रेस चन्द्रपुर नगर समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका नेता तथा रौतहट क्षेत्र नं ४ का संघिय ससद देव प्रसाद तिमल्सिना ले संविधान दिवसको शुभकामना दिएका थिए । नेपाली काग्रेस चन्द्रपुर नगर समिति सभापति मुकेश गिरीको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेका स्थानीय नेताहरूको सहभागीता रहेको थियो ।








