गौर,२१ असोज ।
रौतहटमा नयाँ प्रहरी प्रमुख आउनासाथ केही समय नयाँ काम गर्ने र फेरी सुस्ताउने काम बिगत लामो समयदेखी हुदै आएको छ ।
जिल्लाका नयाँ प्रहरी प्रमुख आँउना साथ तस्करी नियन्त्रण ,अबैध रुपमा संचालित मदिरा भट्टीमा रेड लगाएतका काम हुदै आएको छ । केही दिन प्रहरीले अबैध मदिरा भट्टीमा छापा मार्ने ,तस्करीका समान बरामद गर्ने र त्यस पछि कानमा तेल हालेर बस्ने पुरानो रोग भएको स्थानीय बासिन्दाले बताउदै आएकाछन् ।
जिल्लाका सिमावर्ती क्षेत्रमा दर्जनौ अबैध मदिरा भट्टी संचालन हुदै आएको भएपनि प्रहरीले अरुबेला देखेको नखेझै रेपनि नयाँ प्हरी प्रमुख आएपछि अबैध रुपमा संचालनहुने मदिरा भट्टीमा रेड गर्ने गरेको छ । यसै क्रममा रौतहट प्रहरीले अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतबाट खटिएको प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका ५, राजपुर नगरपालिका ५ र मौलापुर नगरपालिका ९ मा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।
प्रहरीले ५६० लिटर तयारी मदिरा र ३२०० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको र स्थानीय भद्रभलादीको रोहबरमा नष्ट गरिएको जनाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । त्यस्तै मदिरा उत्पादन गर्ने ६ थान मेसिन, ११ थान भाडा र १० वटा ड्रम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले नजिकिँदै गरेको दसैंको अवसरमा अवैध रुपमा उत्पादन हुने मदिरा भट्टी नष्ट गर्न समेत टोली परिचालन गरिएको जनाएको छ ।
विगत एक बर्ष पहिला जिल्लाका सिमावर्ती क्षेत्रमा रहेका अबैध रुपमा उत्पादन हुने रक्सी भट्टीमा प्रहरीले छापा मारेको थिएन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा केही दिन पहिला मात्र नयाँ एसपी सरुवा भएर आएपछि रौतहट प्रहरीले सिमावर्ती क्षेत्रमा संचालित अबैध रुपमा उत्पादन हुने रक्सी भट्टीमा छापा पारेको हो ।
स्थानीयका अनुसार जिल्ला प्रहरी कार्यालयमा हालै सरुवा भएर आएका एसपी महेन्द्र श्रेष्ठलाई काम देखाउनका लागि प्रहरीले अबैध मदिरा भट्टीमा छापा मारेको हो ।
भारतको बिहार राज्यमा मदिरा बन्देज भएसंगै भारतको बिहार राज्य संग सिमा जोडिएको रौतहटका सिमावर्ती बजारमा अबैध लोकल मदिरा उत्पादन गर्ने भट्टीको संख्या दिनप्रतिदिन बढदै गएको छ ।
त्यस्ता मदिरा उत्पादन गर्नेहरुसंग रौतहट प्रहरी र सशस्त्र प्रहरीले परिचालन गर्ने घुमुवा प्रहरीले मासिक रुपमा रकम असुल्ने गरेरकाछन् ।
सिमावर्ती क्षेत्रमा रहेका मदिरा भट्टीहरुमा प्रहरीले छापा मारेझै गरेर आफ्नो रेट बढाउने काम गर्ने गरेको जानकारहरुको भनाइ रहेको छ । २०८० असोज २१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।