चन्द्रपुर,२१ कार्तिक ।
चन्द्रपुर नगरपालिकाले यस आर्थीक बर्षमा कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास, तालिम, गोष्ठी, समारोह, भ्रमण जस्ता सम्पुर्ण क्रियाकलापहरु स्थगित गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको गत शुक्रबारको कार्यपालिका निर्णय अनुसार आन्तरिक श्रोत वृद्धि र खर्च कटौतीको निर्णय सगै क्षमता विकास कार्यहरु स्थीगत गरेको ।
नगरपालिकाले आगामी दिनमा थप कर्मचारी पदपुर्ती नगर्ने, नयाँ फर्निचर, मेसिनरी औजार र सवारी साधन खरिद नगर्ने र पुराना साधनको मर्मत सम्भार गरी कार्य संचालन गर्ने, सवारी साधनको इन्धन खर्चको लगवुक रेकर्ड राख्ने, यसको लागि पाम्समा इन्ट्री गरी रेकर्ड राख्नको लागि एकद्धार प्रणाली लागु गर्ने, यसको लागि स्टोर शाखाले कुपन काट्ने भएको छ ।
कार्यालयको पत्र आदेश वेगर प्रकाशित हुने सूचना विज्ञापन सन्देशमुलक समाग्री वा शुभकामनाको भूक्तानी नदिने, प्रमुख प्रशासकीय अधिकृतको अर्डर स्लीप वाहेक कुनैपनि मसलन्द सामाग्री खरिद नगर्ने, कार्यालयमा बाहिर बाट आउने चिया र खाजा वन्द गर्ने, आर्थिक सहायता दिन वन्द गर्ने, गैरसरकारी संस्थालाई कार्यक्रम दिई संचालन गर्ने कार्य वन्द गर्ने, विपद व्यवस्थापनको काम वाहेक इन्धन खर्च गरेर नगरपालिकाले हेभी इक्युपमेन्टहरु संचालन नगर्ने, हेभी इक्यूपमेन्ट संचालनको माग गर्दा माग गर्ने निकायले इन्धनको व्यवस्था आफैले गर्ने, वडा कार्यालयको विजुली महशुल वडा कार्यलयलाई छुट्टाइएको वडा कार्यालय व्यवस्थापन शिर्षकबाट खर्च गर्ने र बजेट नपुग भएमा नगरपालिकामा पेश गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरीलाल पुरीले जानकारी दिएकाछन् ।
नक्सापास नभएका घरहरुलाई विद्युत र पानीको जडान गर्न सिफारिस नदिने, पुराना वनेको घरको अनिवार्य घर अभिलेखिकरण गर्ने, राजश्व रसिद वेगर कुनैपनि सिफारिस नगर्ने, नगरपालिका र वडा कार्यालयले खर्च गर्ने योजना बनाउदा आन्तरिक आय वृद्धि हुने खालका योजना छनौट गरी कार्यान्वयन गर्न प्राथमिकता दिने, नक्सापास वा घर अभिलेखिकरण नभएका घरहरुको सम्पत्ती मूल्याङ्कन, घरभाडा सिफारिस र आय श्रोत प्रमाणित नगर्ने, नक्सापासको सुरु प्रकृया वडा कार्यालयमा रहेका प्राविधिकबाट गर्ने, भुमि आयोगले वितरण गर्ने सुकुम्वासीहरुको सिफारिस निशुल्क गर्ने र अव्यवस्थित बसोवासको सिफारिस गर्दा १० बर्ष बसोबास गरेको प्रमाण पेश गर्नुपर्ने, नगरपालिकाले प्रति बर्ष प्रति कठ्ठाको ५ सय रुपैयाको दरले १० बर्षको सिफारिस दस्तुर लिने, नगरपालिका क्षेत्रको पूर्व–पश्चिम राजमार्ग र चपुर–गौर सडक बाहेक भित्रि सडक र जग्गाहरुमा गाडिएका विद्युत पोलहरुको प्रति पोल बार्षिक रु ५० रुपैया व्यवसायिक कर तोक्ने र वडा अध्यक्षहरुले आ –आफ्नो वडामा रहेका विद्युत पोलहरुको लगत लिई नगरपालिकामा पेश गर्ने निर्णय भएको चन्द्रपुर नगरपालिका प्रमुख संजय कुमार काफ्लेले जानकारी दिए ।