रौतहट,२९ मंसिर ।
नेपाली काँग्रेस मधेश प्रदेशमा कलह सुरु भएको छ । नेपाली काँग्रेसमा रहेको दुई गुट बिच कलहको सूरवात भएको स्वयम नेपाली काँग्रेसका कार्यकर्ताहरु बताउछन् ।
नेपाली कांग्रेसको यहीँ पुष ५(६ मा जनकपुरमा हुन गइरहेको मधेस प्रदेश अधिवेशनमा विवाद देखापरेको छ । नेपाली कांग्रेसको संस्थापन पक्ष र शेखर कोइराला पक्ष बीचमा आसन ग्रहणलाई लिएर विवाद सृजना भएको हो । मधेस प्रदेश कमिटी उच्च श्रोतले दिएको जानकारी अनुसार मधेस प्रदेश अधिवेशनमा शेखर कोइरालालाई सभापति शेर बहादुर देउवा पछि दोश्रो वरियतामा आसण ग्रहण नगराउने भएपछि विवाद सृजना भएको हो । नेपाली कांग्रेस मधेस प्रदेश कमिटीका सभापति कृष्णा यादव संस्थापन पक्षका देउवा निकट मानिन्छन् । श्रोतका अनुसार उनकै जोडबलमा देउवालाई खुसी पार्न कोइरालालाई सभापति पछि दोश्रो वरियतामा आसण ग्रहण नगराउने निर्णय गरेका हुन् । सामान्यतया सभापति चुनाव लडेका व्यक्तिलाई नेपाली कांग्रेसमा वरिष्ठ नेता मानेर दोश्रो वरियतामा राख्ने गरिन्छ। गिरिजाप्रसाद कोइरालासँग सभापतिमा चुनाव हारेका शेरबहादुर देउवा, शेर बहादुर देउवासँग चुनाव हारेका रामचन्द्र पौडेललाई कांग्रेसको औपचारिक कार्यक्रमहरुमा सभापति पछि दोश्रो वरियतामा आसण ग्रहण नगराउने गरिएकोमा मधेस प्रदेश भने सभापति यादवले मनोमानी गर्न थालेपछि विवाद निस्किएको श्रोत भनाइ छ । यसअघि लुम्बिनी, गण्डकी प्रदेश अधिवेशनमामा पनि कोइरालालाई दोश्रो वरियतामा आसन ग्रहण गराएकोमा मधेस प्रदेशमा भने सभापति यादवले सो नमान्ने भएपछि कमिटीमा रहेका कोइराला पक्षधर भने विरोधमा उत्रिएका छन् । उनीहरूले सभापति यादवले पेलेर आफुखुसी प्रदेश अधिवेशनमा आसन ग्रहण गराएमा अधिवेशन स्थलमै कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
२०८० मंसिर २९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।