रौतहट,५ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा रहेको बसपार्क यतिबेला सुनसान अवस्थामा छ। त्यहाँ कुनै बस जाँदैनन् । सवारी साधनहरू चन्द्रनिगाहपुरको मुख्य चोकमा यत्रतत्र छरिएर राखिएका हुन्छन्।
पूर्व पश्चिम महेन्द्र राजमार्गको दायाँबायाँ बस राख्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको भनाइ रहेको छ। चन्द्रपुर नगरपालिकाले टेकान बसपार्क सञ्चालनमा ल्याउन आनाकानी गरेका कारण दुर्घटनाको जोखिम बढ्दै जान थालेको सर्वसाधारणको भनाइ रहेको छ ।








