रौतहट,७ कार्तिक । मधेस प्रदेशको सत्ता गठबन्धनमा रहेका दलहरूको गोप्य बैठक यतिबेला रौतहटको चन्द्रनिगापुरमा सुरु भएको छ । चन्द्रनिगापुर स्थित एक होटलमा आयोजित बैठकमा मधेस प्रदेशका गठबन्धनमा रहेका दलका नेताहरूको सहभागिता रहेको छ । बैठकले मन्त्रिपरिषद्को पूर्णता लगायतका विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको सत्ता गठबन्धनका एक नेताले जानकारी दिएका छन् ।जसपा,जनमत एकिकृृत समाजवादी , माओवादी र लोसपाका संसदीय दलका नेताहरूको सहभागिता रहेको जनाइएको छ।