हरिहरपुरगढी (सिन्धुली) – राई दनुवार जागरण समाज, हरिहरपुरगढी–२ बखफर, सिन्धुलीद्वारा आयोजित प्रथम हरिबोधनी एकादशी मेला अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ।
मौसम प्रतिकूल हुने आशंका बीच पनि मेलामा लाखौं दर्शक–श्रोता तथा भक्तजनहरूको उल्लेखनीय उपस्थितीले कार्यक्रमलाई ऐतिहासिक बनाएको छ। दर्शकहरूको यस अभूतपूर्व सहभागिताले आयोजकको प्रारम्भिक डरलाई उत्सवमा परिणत गरिदिएको आयोजक समितिले जनाएको छ।
कार्यक्रमका अध्यक्ष आदरणीय शम्भु राई दनुवारले दर्शक, अतिथि, कलाकार र सहयोगी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै मेलालाई सफल बनाउन सबैको भूमिका अमूल्य रहेको बताए। साथै उनले कार्यक्रमलाई “भगवान रूपी दर्शकको अथाह माया र आशीर्वादले सफल भएको” भन्दै कृतज्ञता प्रकट गरे।
मेलामा प्रमुख अतिथि हरिहरपुर गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईवा र विशेष अतिथि कमलजङ राईको उपस्थितिले कार्यक्रमलाई थप सम्मानित बनायो। प्रमुख अतिथि वाइवाले राई–दनुवार समुदायको सांस्कृतिक पर्वका लागि आवश्यक भवन, स्थान र संरचना निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “म अध्यक्ष पदमा रहुन्जेल यो समुदायका लागि सदैव सहयोग गर्न तयार छु,” भन्दै हौसला प्रदान गरे।
सांस्कृतिक कार्यक्रमका क्रममा गायक तथा सङ्गीतकार सुर्य राई दनुवार, नायिका तथा मोडल स्नेहा जोशी, कलाकार जोस्ना मगर, मोडल सगुन थापा लगायतका चर्चित कलाकारहरूले आकर्षक प्रस्तुती दिएका थिए। साथै स्थानिय प्रतिभाहरूले पनि आफ्नो बेजोड कला प्रदर्शन गरेर दर्शकको मन जिते।
यस अवसरमा **राष्ट्रको आवाज रेडियो नेपालमार्फत समाचार प्रसारण गरेर मेलाको प्रतिष्ठा बढाउने कार्यमा संचारकर्मी भेष दनुवार र सरस्वती राई दनुवार “सरु”**ले उल्लेखनीय योगदान पु¥याएका थिए। आयोजक समितिले दुबै सञ्चारकर्मीप्रति विशेष धन्यवाद तथा आभार व्यक्त गरेको छ।
मेलाले राई–दनुवार समुदायको साँस्कृतिक एकता, धार्मिक आस्था र स्थानीय प्रतिभाको सम्मानलाई नयाँ उचाइमा पुर्याएको स्थानीयवासीहरूको धारणा छ।








