१ पुस, काठमाडौं।
नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज भृकुटीमण्डपमा मतदान हुँदैछ। मतदान सुरु हुनुअघि गायिका ज्योति मगर पनि उम्मेदवारको फोटो बोकेर प्रचारप्रसारमा सक्रिय देखिएकी छन्।
केही महिनायता एमालेको पक्षमा खुलेर लागेकी ज्योति मगर महाधिवेशन स्थलमा विभिन्न उम्मेदवारको समर्थनमा भोट माग्दै हिँडिरहेकी छन्। महाधिवेशनका कारण भृकुटीमण्डप क्षेत्र उम्मेदवार र समर्थकको प्रचार गतिविधिले व्यस्त बनेको छ।
ज्योति मगरले पार्टीलाई अझ समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउनुपर्ने आवश्यकता औँल्याइन्। उनले भनिन्, ‘राजनीतिमा पुस्तान्तरण आवश्यक छ, त्यसकारण युवाको भूमिका महत्वपूर्ण हुन्छ। पार्टीभित्र समावेशीता पनि अपरिहार्य छ।’
एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानसँगै महाधिवेशनको माहोल थप तातेको छ।








