अशोक पहाडी
चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अरु दल जनादेशमा जान डराएको बताएका छन । उनले अब आउने चुनावमा देश बचाउन एमाले एक्लैले बहुमत ल्याउनु पर्ने बताए । चितवन जारी एमालेको १० आंै महाधिवेशन लाई सम्बोधन गर्दै उनले देश बनाउनका लागि अवको चुनावमा एमाले एक्लैले बहुमत ल्याउपर्नेमा जोड दिए । सबैलाई बराबर अवसर उपलब्ध गराउन एमाले लागेको बताए । स्वाधीनताको रक्षाका लागि एमाले पार्टीले अवको चुनावमा बहुमत ल्याउने बताए । सम्वादको माध्यम बाट मिचिएको जमिन फिर्ता ल्याउन आफुहरु सक्रिय रहेको बताउदै ओलीले बिज्ञान र प्रविधिको विकासका लागि विश्व शक्ति सहकार्य गर्नु पर्नेमा जोड दिए ।








