रौतहट १५ माघ ।
मधेश प्रदेश सरकारका कृषि राज्यमन्त्री मा। योगेन्द्र यादव ले मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका रौतहटको राजदेवी नपा( ५ पताहि निवासी रणवीर सिंह लाई एक लाख रुपैयाँ सहयोग गरेका छन ।
मधेश सरकारको तर्फबाट राज्यमन्त्री योगेन्द्र यादव सिंहको घरमै पुगेर एक लाखको चेक हस्तान्तरण गरेका हुन् । सो क्रममा जसपा,केन्द्रीय सदस्य रेवन्त झाको पनि सहभागिता रहेको थियो ।
सात बर्ष अघि रौतहट सदरमुकाम गौरबाट जिल्लाको विभिन्न भागमा सेवा केन्द्र स्थापनाको विरोध गर्दै भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका रणवीर सिंहको अवस्था निकै दयनिय भएर जीवनमरणको दोसाधमा पुगेका छन् ।