रौतहट,१५ माघ । गठबन्धनको नाउँमा भैरहेको भ्रष्टाचार एवं लुट–आतंक बन्द गर्न र लोकतांत्रिक प्रक्रियालाई सहि ट्रयाकमा ल्याऊन सडक संघर्षमा जानैपर्ने एमाले स्थायी कमिटि सदस्य प्रभु साहले बताएकाछन् ।
देशलाई ५ दलिय अपबित्र गठबन्धनको सिण्डिकेट बाट मुक्त गराउन सडक आन्दोलनको विकल्प नरहेको एमाले स्थायी कमिटी सदस्य प्रभु साहले जिकिर गरेका छन ।
रौतहटको देवाही गोनाही नगरपालिकामा एमालेको नगरसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी साहले गठबन्धनको नाउँमा देशमा बढ़दो राजनीतिक संकटलाई रोक्न पनि आन्दोलन आवश्यक रहेको बताएका छन ।