गरुडा,७ बैशाख ।
रौतहटमो मध्य भागमा रहेको गरुडा नगरपालिकामा चुनावी सरगरर्मी बढेको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकदै जादा गरुडा नगरपालिकामा समेत बिभिन्न दलका नेताहरु मेयरका आकाक्षी भएका छन् । नेकपा एमालेबाट कन्थमणी जयसवाल चुनावी मैदानमा उत्रेका छन् । जनता समाजवादी बार्टीबाट गरुडा नगरपालिकाका कार्यालय सहयोगीको पदमा कार्यरत अनिल यादव र ब्रिज किशोर यादव आकाक्षी रहेका छन् । नेकपा माओवादीबाट बिपिन जयसवाल अहिले सम्म एकल उम्मेदवार हुन ।
नेकपा एसबाट शेख कलिमुल्लाह र अशोक यादव आकांक्षी रहेकाछन् । स्थानीय जानकारहरुका अनुसार गरुडा नगरपालिकामा नेकपा एमाले जनता समाजवादी पार्टी र नेपाली काग्रेस बिच प्रतिष्पर्धा हुने छ ।
नेपाली कांग्रेसबाट सुनिल यादव र दिपक यादव मेयरका आकाक्षी हुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य कन्थमणि जयसवाल सो पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए । उद्योग वाणिज्य संघ रौतहटका पूर्वअध्यक्षसमेत रहेका जयसवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
नेकपा एमालेका अध्यक्षसंग गरुडा नगरपालिकाको मेयरको टिकट पक्का गरेर एमाले प्रवेर गरेका जयसवाल यतीबेला गरुडामा जनताको घरदैलोमा भोट माग्न व्यस्त रहेकाछन् ।
जयसवालयले गत आम निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बन्दै ७ हजार ८८१ मत ल्याएर तेस्रो भएका थिए । त्यसैगरी गत स्थानिय निर्वाचनमा जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाबाट स्वतन्त्र नगर प्रमुख लडेका उनले १ हजार ३५९ मत ल्याएका थिए ।
पछिल्लो समय जयसवाल गरुडा नगरपालिकामा अन्य पार्टीका उम्मेदवार भन्दा भारी रहेको स्थानीयको भनाइ रहेको छ । नेपाली का“ग्रेस गरुडामा मेयरको टिकटको बिषयलाई लिएर कलहनै सुरु भएको छ । नेपाली का“ग्रेस मधेस प्रदेश समितिका सभापति कृष्ण प्रसाद यादवका ज्वाइ दिपक यादवले आफुले मेयरको टिकट नपाएर स्वतन्त्र मेयरमा लडने भन्दै प्रचार प्रसार सूर गरेकाछन् । उता सभापति यादवका साला सुनिल यादवले भने आफुले गएको स्थानीय तहको निर्वाचनमा झिनो मतले चुनाव हारेका कारण मेयरको टिकट आफुले पाउनुपर्ने बताउदै आएकाछन् । दुबै मेयरका आकांक्षीका कारण सभापति यादव भने संकटमा परेको गरुडाका जानकारहरुले बताउदै आएकाछन् ।
उता जनता समाजवादी पार्टीमा समेत मेयरको टिकटको बिषयलाई लिएर किचलो सुरु भएको छ । हालका मेयर ईनु यादवका छोरा अनिल यादवले आफुले मेयरको टिकट पाउनुपर्ने बताउदै आएकाछन् भने सो पार्टीका नेता कार्यकर्ताले बाबुको आडमा अनिलले गरुडामा अनियमिता गरेका कारण यस पटकट स्वच्छ छबिका बृजकिशोर यादवलाई मेयरको टिकट दिनुपर्नेमा जोड दिदै आएकाछन् । २०७९ बैशाख ७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।