गुजरा,१९ बैशाख । नेकपा एमालेबाट गुजरा नगरपालिकाको मेयरका उम्मेदवार एकरामुल हक र उप मेयरकी उम्मेदवार रानी कुमारी चौधरीले गुजरा नगरपालिका २ कटानीमा घरदैलो गरेका छन् । मेयर उम्मेदवार हकले आफुलाई मत दिन स्थानीयसंग आग्रह गरेका थिए । मेयर र उप मेयरका उम्मेदवार सहित स्थानीयको ठुलो सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । मेयर हक र उप मेयर चौधरीले आफुहरुले चुनाव जिते गुजरा नगरपालिकाको विकासले गती लिने र नगरमा हुने अनियमिता बन्द गर्ने बाचा सहित मतदातासंग मत मागेका थिए ।
गुजरा नगरपालिकाको समुचित विकासका लागि आफुलाई मतदान गर्न मेयर तथा उप मेयरका उम्मेदवारले मतदातासंग आग्रह गरेको नेकपा एमालेका नेता पलट चौधरीले बताए । यो पटक गुजरा बासीले बिकासका लागि नेकपा एमालेलाई मतदान गर्ने नेता चौधरीको भनाइ रहेको थियो । घरदैलो कार्यक्रममा सयौको संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।