चन्द्रपुर,२० बैशाख ÷ नेकपा एमालेका नगर प्रमुख उमेदवार शिब प्रसाद आचार्यले यो निर्वाचनमा नेकपा एमाले पार्टीले जितेपछि चन्द्रपुर नगर भरीका भुमीको नया नापी गर्ने बताएका छन । सोमबार चन्द्रपुर नगरपालिकाको वाड नं. ५ मा घरदैलो कार्यक्रममा नगर प्रमुखका उमेदवार आचार्यले यस्तो बताएका हुन । चन्द्रपुर नगर क्षेत्रभरी जमिनको नक्सामा ब्यापक समस्या आएको हुदा आफनो पालामा नया नापी गरी आम चन्द्रपुरबासीको समस्याको समाधन गर्ने बताएका छन । चन्द्रपुर नगर क्षेत्रको अधिकांश जमिनहरु नक्सा अनुसार नभएको आम नागरिकबाट गुनासो आएपछि नया नापीलाइ नेकपा एमालेले उच्च प्राथामिकतामा राखेको आचार्यले बताए । नगर प्रमुख उमेदवार आचार्यलेभूमिहिन सुकुम्बासीलाई घर आवासको व्यवस्थापन मिलाउन, दलित समुदायको परम्परागत सिपलाई व्यवसायिकरण गर्न पनि नेकपा एमाले प्रतिबद्ध भएर लाग्ने बताएका छन । प्रत्येक वार्ड तथा नगरपालिका कार्यालयहरु, सरकारी अस्पताल, सामुदायिक विद्यालयहरुलाई प्रविधीमैत्री बनाउने र सवै किसिमको श्रम तथा श्रमिकलाई उच्च सम्मान दिन, ईरिक्सा दर्ता गरि व्यवस्थित सञ्चालनको लागि उचित्त व्यवस्था मिलाउने समेत उनले बताए । कार्यक्रमा नेकपा एमालेको तर्फबाट चन्द्रपुर नगरपालिकाको लागी नगर प्रमुख उमेदवार शिब प्रसाद आचार्य,उप प्रमुख मुना सुबेदी लामिछाने,वाड नं.५ का वाड अध्यक्ष उमेदवार नबिनराज बराल,वाड सदस्यहरु लागायतका उमेदवारहरु,नेकपा एमालेका नेताहरु तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।