अशोक पहाडी
रौतहट,११ जेठ । प्रदेशसभा सदस्यबाट राजिनामा दिएर मेयर लडेका अब्दुल कलाम आजाद पराजित भएका छन् । रौतटको गढीमाई नगरपालिकामा मेयरको उम्मेदवार रहेका आजाद नेपाली कांग्रेस स्याम प्रसाद यादवसंग पराजित भएका हुन ।
नेपाली कांग्रेसका यादवले ८६३१ मत ल्याउदा आजादले भने ८०७३ मत ल्याएका थिए ।
मधेस प्रदेश सरकारको विकास समितिको सभापति समेत रहीसकेका आजादलाई गढीमाई नगरपालिकाका पुर्व मेयर यादवले पराजित गरेका हुन ।