गौर,११ जेठ ।
नेकपा एमाले रौतहटका अध्यक्ष त्रिभुवन साह बौधीमाई नगरपालिकाको मेयरमा पराजित भएकाछन् ।
उनलाई नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षले पराजित गरेका हुन । बौधीमाई नगरपालिकामा प्रमुखमा नेकपा एकीकृत समाजवादीका रौतहट जिल्ला उपाध्यक्ष तथा मेयरका उम्मेदवार प्रदीप यादवले ४ हजार ८१० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार तथा बौधिमाईका निवर्तमान प्रमुख राजीवरंजन यादवले ४ हजार ६२४ मत प्राप्त गरे ।
त्यसैगरी उपमेयरमा नेकपा एकीकृत समाजवादीकै प्रमिलादेवी जयसवाल निर्वाचित भएकी छन् । उनले ४ हजार ८९४ मत प्राप्त गरिन् ।
उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी सैवुन खातुनले ४ हजार ४८१ मत प्राप्त गरिन् । नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष त्रिभुवन साहले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।
नेकपा एकीकृतका रौतहट जिल्ला उपाध्यक्ष प्रदीप यादव गएको स्थानीय तहको निर्वाचनमा निकटतम प्रतिद्धोन्द्धी रहेका थिए ।