चन्द्रपुर,७ भदौ ।
रौतहटको चन्द्रपुरमा ७७ वर्षीय वृद्धलाई २३ वर्षीय युवाको कुटपिटका कारण मृत्यु भएपछि कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेर प्रहरीले म्याद थप गरेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी वृद्ध रामगोपाल घिमिरेलाई वडा नम्बर ५ का अजय चौधरीले कुटपिट गरेका थिए ।
उनको उपचारका क्रममा आईतबार बिहान काठमाण्डौ स्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो ।
कुटपिटमा संलग्न रहेका अजय चौधरीलाई प्रहरीले बारा जिल्लाबाट पक्राउ गरेको थियो । उनी पक्राउ नपरेको भन्दै मृतकका आफ्न्तले आईतबार चन्द्रनिगाहपुरमा चक्का जाम गरेका थिए । घटनामा संलग्न रहेको भन्दै चन्द्रनिगाहपुरमा चौधरी चिया पसल संचालन गरेर बस्ने प्रमीला चौधरी ,उनका श्रीमान रामचन्द्र चौधरीलाई र उनीहरुका छोरा अजय चौधरीलाई म्याद थप गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
एक हप्ता पहिला चौधरीले बृद्ध घिमिरेलाई लाठीले मरणसन्न हुने गरी कुटेपछि पिडितका आफ्न्तले जाहेरी दिदा समेत ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पिडक पक्राउ नगरेको र बृद्धको उपचार समेत राम्रसंग नभएका कारण ज्यान गएको भन्दै स्थानीयले टायर बालेर प्रहरी बिरुद्ध प्रर्दशन गर्दै चन्द्रनिगाहपुरमा चक्का जाम गरेका थिए ।
बृद्धको ज्यान गएपछि प्रहरीले घटनामा संलग्न रहेकाहरुलाई पक्राउ गरेको थियो । मृतकका आफ्न्तले सोमबार ईलाका प्हरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका थिए । २०७९ भदौ ७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।