आरके श्रीवास्तव,
बिजयपुर,७ भदौ । रौतहटको फतुवा विजयपुर नगरपालिकाले मासिक ३० युनिटसम्म खपत गर्ने ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले बताउनु भएको छ । खातुनले सोमबार पत्रकारहरू सँग कुरा गर्दै कार्यपालिका बाट यो निर्णय छिट्टै गराउने जानकारी दिइन् । हाल सम्म फतुवाविजयपुर नगरपालिकाले नगरवासीको सम्पूर्ण बिजुली बिल भुक्तानी गर्दै आईरहेको छ । जथाभावी रूपमा बिजुलीको प्रयोग हुन थालेपछि सिमित दायरा बनाउन लागिएको हो ।
२०७९ साउन देखि ३० युनिट सम्म खपत गर्ने ग्राहकको मात्र नपाले तिर्ने उनले बताईन् । यस अघिको बिजुली बिल नगरपालिकाले नै व्यहोर्ने बताईन् ।
यस अघिको विद्युत महसुल बक्यौता भुक्तानी गर्न बाँकी रहेको जानकारी दिईन् । विपन्न स्तरका जनतालाई राहत दिने गरी यस्तो निर्णण गर्न लागिएको उनले बताइन् ।
यस्तै नगरवासीको सुविधाको लागि सेफ्टी टंकि खरिद भईसकेको र छिट्टै सञ्चालनमा ल्याईने उनले बताईन् । मात्र २ सय रूपैयाँ शुल्क लिएर नगरवासीहरू लाई सुविधा दिईने भएको छ । नगरपालिकाको विभिन्न प्रायोजनको लागि ट्रैक्टर खरिदको प्रक्रिया अगाडि बढाईएको उनले बताईन् ।