अशोक पहाडी,चन्द्रपुर,३० भदौ ।
चन्द्रनिगाहपुरको एक होटलमा अबैध यौन धन्दा गराउदै गरेको अवस्थामा प्रहरीले पांच जनालाई पक्राउ गरेको छ ।
एकजना ग्राहक ,एक जना होटल संचालक र ३ जना यौन ब्यावसायी महिलालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको म्याद थप गरेर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
चन्द्रनिगाहपुरको पुल्चोकमा रहेको तनहुं लाङघाली होटलबाट प्रहरीले उनीहरुलाई अबैध क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरेको हो । होटलका संचालक कुल बहादुर थापा सहितका अन्य ४ जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहले जानकारी दिएकाछन् । चन्द्रनिगाहपुरमा रहेका केही होटलले खुलेयाम अबैध यौन धन्दा चलाएको गुनासो आएपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रोकथामका लागि तदारुकता देखाएको हो । पछिल्लो समय देशका बिभिन्न स्थानबाट चन्द्रनिगाहपुरमा आएर यौन ब्यावसाय गर्नेहरुको संख्या बढदै जान थालेको छ ।