गरुडा,३० भदौ ।
मलपोत कार्यालय गरुडा रौतहटका कर्मचारीको बदमासीको कारण रौतहटका एक घरधनी नराम्रो फस्न पुगेका छन । मालपोत कार्यालय गरुडाले करिब १३ महिला अघि घरभाडा लिने भनी सम्झौता गराएको भएतापनि अहिले सम्म मालपोत कार्यालयले न त घरको भाडा दिन्छ न त घरमा आएर बस्छ नै ।
घर भाडा सम्झौता गरेको बर्षदिन नाघदा पनि घरबेटीले भाडा पाएनन
अहिले बसेको घर सानो भयो भन्दै तत्कालीन मालपोत कार्यालयका प्रमुख प्रेमचन्द्र मिश्रले २०७८ असार २९ गते स्थानिय रामबाबु पाण्डेको घर भाडामा लिने भन्दै सम्झौता गरे ।
२०७८ साउन १ गते देखी मालपोत कार्यालय गरुडाको कार्यालय आफनो घरमा सर्ने गरी सम्झौता गरेको घरधनी पाण्डेले बताए ।चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गदै पाण्डेले तत्कालीन कार्यालय प्रमुख मिश्रको निर्देशन अनुसार करिब ५ लाख लगाएर कार्यालय प्रयोजनको लागी मर्मत र करिब ४० लाख मुल्य लगाएर माथिल्लो तल्ला थपेको बताए ।
मसिक ४१ हजार ६ सय दिनेगरी सम्झौता गरेको १३ महिना बित्दा पनि कार्यालय सर्ने कुनै सुरसार नभएको उनको भनाइ छ ।
यो सम्झौताले आफुलाइ जोगी नै बनाएको पाण्डेले गुनासो पोखे । ऋण लिएर घर बनाइयो न घर भाडामा लाग्यो न त पैसा नै आयो पाण्डेले भने । अहिले घर भाडाको पैसाको लागी पाण्डे जिल्ला अदालत गौर धाउन थालेका छन ।
अदालतको फैसला नै मान्य हुने हालका मालपोत कार्यालय गरुडाका प्रमुख मोहन कुमार पाठकले बताए । आफु आउनु भन्दा पहिलको निर्णय भएको हुदा आफुले अदालतको निर्णय नै पर्खेर बसेको प्रमुख पाठकले बताए ।