अस्लम शेख
चन्द्रपुर,३० असोज । नेकपा एमालेबाट रौतहट क्षेत्रनं ४ को संघिय संसदका उम्मेदवार उद्धव रेग्मीले जिल्लामा व्याप्त प्रष्टाचार निर्मुलका लागि आफ्नो उम्मेदवारी रहेको बताएकाछन् । उनले आफुले जितेमा क्षेत्रको विकासको मोडलनै परिवर्तन हुने बताए । तराई एक्सप्रेससंगको कुराकानीमा उम्मेदवार रेग्मीले रौतहट क्षेत्रनं ४ का जनताले यस पटक आफुलाई जिताउनेमा विस्वत रहेको बताए । नेकपा एमालेका केन्द्रीय सदस्य र रौतहट जिल्ला ईन्चार्ज समेत रहेका उम्मेदवार रेग्मीले क्षेत्रको शिक्षा र स्वास्थ्यको अवस्थामा आमुल परिवर्तन ल्याउनका लागि जनताले यस पटक आफुलाई जिताउने विस्वास व्यक्त गरेकाछन् ।







