चन्द्रपुर,३० असोज ।
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा संचालित स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा ७२ लाख भन्दा बढी रकम मुनाफा गरेको छ । शनिबार चन्द्रपुर २ स्थीत शहिद स्मृती पार्कमा आयोजित उक्त सहकारी संस्थाको १० साधरण सभामा सो जानकारी गराइएको थियो । साधरण सभाका प्रमुख अतिथि तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले सहकारी संस्थाहरु ब्यबस्थीत रुपमा संचालन भए प्रयाप्त मुनाफा कमाउने बताएका छन । सहकारी संस्थाको मर्म र भाबना अनुसार संचालनमा आएका सहकारीहरु राम्रो मुनाफा कमाइरहेको र आफना शेयर सदस्यहरुलाइ पनि लाभांश दिन सफल भएको नगर प्रमुख काफलेले बताए ।
सहकारी संस्था नगरबासीको सुखदुखको साथी भएको नगर प्रमुख काफलेलेको भनाइ रहेको थियो । यसैगरी रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष देबकी नेपालले चन्द्रनिगाहपुरमा धेरै साना ऋणीहरुको समस्याको समाधान गर्ने मुख्य निकाय नै सहकारी संस्था भएको बताएकी छिन । बैकहरुका ऋण लिन ब्यापक झन्झट भएको तर सहकारीमा तुरुन्तै ऋण पाउन सकिने अध्यक्ष नेपालले बताइन । कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,चन्द्रपुर नगरपालिका सहकारी फाटका प्रमुख नसरे आलम,संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिभु पोखरेल,नब बिकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देब बहादुर सापकोटा,मजदुर बचत तथा ऋण सहकरी संस्थाका अध्यक्ष नरराज आचार्य,गुन्जन एफएमका स्टेशन प्रमुख संजय कार्की लगायतले सहकारी संस्थाको भुमिका बारे बोलेका थिए ।
कार्यक्रमका सभापति तथा सो स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बहादुर राना मगरले संस्थाको आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । अध्यक्ष रानाले आर्थिक बर्ष २०७८÷०७९ मा संस्थाले ७२ लाख ४० हजार ९ सय ६ रुपैया मुनाफा कमाउन सफल भएको जानकारी दिएका छन । साधरण सभामा बोल्दै अध्यक्ष रानाले यस सहकारी संस्थामा बाल बचत,किशोर किशोरी बचत,शैक्षिक बचत,जेष्ठ नागरिक बचत,समुह बचत,अनिवार्य बचत,ऐच्छिक बचत,स्वास्थ्य तथा भैपरी आउने बचत,मासिक बचत,दैनिक बचत र आबधिक बचत गर्ने गरेको बताए । यस्तै आपतकालीन ऋण,कृषि तथा पशुपालन ऋण,घरआयसी ऋण,साना उद्योग तथा ब्यबसाय ऋण,शैक्षिक ऋण,लघु उद्यम ऋण र साना सवारी साधन ऋणको सुबिधा आफना शेयर सदस्यहरुलाइ दिदै आएको अध्यक्ष रानाले जानकारी दिए ।
उक्त साधरण सभामा सो संस्थाका ब्यबस्थापक होम बहादुर थापाले संस्थाको त्रिपक्षिय रणनितिक ब्यबसायिक योजना बारे आफना शेयर सदस्यहरुलाइ जानकारी गराएका थिए भने संस्थाको निति तथा कार्यक्रम र बजेट बारे संस्थाकी कोषाध्यक्ष मुना सुबेदीले प्रस्तुत गरेकी थिइन । साधरण सभामा संस्थाका सदस्यहरुको तथा सरोकारवालाहरुको बाक्लो उपस्थीती रहेको थियो ।








