पछिल्लो समय रौतहटको वनमा ब्यापक रुपमा काँचा सालका काठको चोरी तस्करी बढेको छ । जिल्लामा पर्ने सबै जसो स्थानका राष्ट्रिय वनमा वन कर्मचारीकै मिलेमतोमा काँचा सालका काठ चोरी तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएकाछन् । तराई एक्सप्रेस दैनिकका लागि अशोक पहाडीले आज रौतहटको बलेरी क्षेत्रको वनमा काटिएका काँचा सालका रुखको तस्बिर कैद गरेका हुन ।