ओम किशोर चौधरी
चन्द्रपुर,२३ मंसिर । रौतहट जिल्लाको वनमा पछिल्लो समय आएर व्यापक रुपमा काँचा सालका रुखनै चोरी हुने गरेको छ । वन कर्मचारीको मिलेमतोमा रौतहटको वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । डिभिजन वन कार्यालय रौतहट अन्र्तगतको सव डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको मातहतमा पर्ने रंगपुर साझेदारी वनमा पछिल्लो समय व्यापक रुपमा काँचा सालका रुख काटेर लाने क्रम बढेको स्थानीयको भनाइ रहेको छ । वन कर्मचारीकै मिलेमतो चोरले काटेका काँचा सालका रुख चन्द्रनिगाहपुरमै रहेका चिरान मिलमा बिक्रि बितरण हुने गरेको स्थानीयको भनाइ रहेको छ । रंगपुर साझेदारी वन क्षेत्रमा पछिल्लो समय दैनिक काँचा सालका रुख काटेर लागे गरेको अबर आफुले पाएको चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले बताए ।
सहायक वन अधिकृत रामकेवल रायको संलग्नताका काठ चोरलाई चोरीको लाईन दिने गरेको जानकारहरुको भनाइ रहेको छ ।