चन्द्रनिगाहपुर,९ माघ । पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा अव्यवस्थित पार्किङले सवारी दुर्घटनाको खतरा बढदै जान थालेको छ । चन्द्रनिगाहपुरको मुख्य चोक स्थित जुडिबेला जाने ट्याम्पु पार्किङमा मनलाग्दी सवारी पार्किङले दुर्घटनाको खतरा बढदै गएको स्थानीय बासिन्दाको भनाई रहेको छ । जुडिबेला टेम्पु पार्कमा पेम्पु ,साना गाडी ,ई रिक्सा र मोटर साईकल मनलाग्दी पार्किङ गरिदा स्थानीय व्यापारी समेत मारमा परेकाछन् ।
भएभरका सवारी राजमार्गको दक्षिण साईडमा पार्किङ गर्ने गरेका कारण आफुहरुको व्यापार व्यावसाय समेत चौपट हुन थालेको स्थानीय चपुर ईलेक्ट्रोनिक्सका संचालक प्रलाद गौतमले तराई एक्सप्रेससंग गुनासो गरे ।
आफुहरुको पसल भएको साईडमा साना ठुला सवारी ,मोटर साईकल र ई रिक्सा पार्किङ गरेर राखिएका कारण आफुहरुको पसलमा ग्राहक आँउन समेत समस्या भएको गौतमको गुनासो रहेको छ ।
जुडिबेला टेम्पु पार्कको मनलाग्दी पार्किङलाई ट्राफिक प्रहरीले तीन कुने पार्कमा बसेर टुलुटुलु हेर्ने गरेको स्थानीय व्यापारीहरुको भनाइ रहेको छ ।जुडिबेला टेम्पु पार्किङको अव्यावस्थित पार्किङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले वास्ता नगरेको अर्का स्थानीय व्यापारी राजेन्द्र तिवारीको भनाइ रहेको छ । २०७९ माघ ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।