चन्द्रपुर,६ माघ ।
रौतहटको व्यास्त बजार चन्द्रनिगाहपुरमा पछिल्लो समय घर जग्गा खरिद बिक्रि हुन छाडेको छ । एक समयमा मौलाएको चन्द्रपुरको घर जग्गा कारोवार यतीबेला सुस्ताएको छ । घर जमिन बिक्रि हुन छाडेपछि केही जग्गा धनीले अहिले दैनिक स्थानीय संचारमाध्यममा घर जग्गा बिक्रिको सुचना प्रकाशन र प्रशराणनै गराउन थालेकाछन् । तत्काल जग्गा पास गर्ने ग्रहकका लागि केहीले बिषेश छुटको समेत व्यावस्था गरेर बिज्ञापन प्रकाशन प्रसारण गराउन थालेका छन् । पछिल्लो समय बैंकले समेत घर जग्गामा लगानी गर्न छाडेका कारण चन्द्रनिगाहपुरका जग्गा कारोवारी मारमा परेको एकजना कारोवारीले गुनासो गरेकाछन् । आफुसंग भएको जमिन पनि नबिक्ने र बैंकको व्याज समेत बढदै गएका कारण आफुजस्ता अन्य कारोवारी मारमा परेको ती कारोवारीको भनाइ रहेको छ ।
सधैं जसो भरीभराउ हुने चन्द्रपुरको नापी र मालपोत कार्यालयमा समेत सेवाग्राहीको संख्या घट्दै जान थालेको छ । मालपोत कार्यालय चन्द्रपुरका नायव सुब्बा केशव भट्टराईले पछिल्लो समय सेवाग्राहीको संख्या न्युन भएको बताएकाछन् ।
जिल्लामा सबैभन्दा धेरै जग्गाको कारोवार हुने चन्द्रपुर नगरपालिकामा पछिल्लो समय बाहिरी जिल्लाबाट आएर जग्गामा लगानी गरेकाहरुले समेत धमाधम सस्तो मुल्यमा जग्गा बेच्नका लागि ग्राहक खोजिरहेको अवस्था रहेको छ ।