चन्द्रपुर,१५ माघ ।
सम्बन्धित निकायले वेवास्ता गरेका कारण रौतहटका नदीनाला तथा पुल पुलेसाकै छेउबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको छ ।
यसरी उत्खनन भएपछि पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने पुलहरु यतिखेर उच्च जोखिममा परेका छन् । चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने चादी नदीको पिलरकै छेउबाट ट्याक्टरले बालुवा लगायतका पदार्थहरु उत्खनन गरिरहेका छन् ।
नेपाल सरकारले नदीबाट नदिजन्य पदार्थ उत्खनन गर्नका लागि पुलभन्दा ५ सय मिटर तल वा माथिबाट मात्र उत्खनन गर्नुपर्ने कानुनी व्यवस्था लागु गरेको भएपनि चन्द्रपुरको चादी नदिबाट पुलकै पिलरबाटै बालुवा झिक्ने काम भइरहेको छ ।
यस विषयमा सम्बन्धित निकायले चासो नलिएका कारण चादी नदिको पु्ल नै भासीले अवस्थामापुगेको स्थानीय बासिन्दा भरत आचार्यको भनाई रहेको छ ।
चन्द्रपुर नगरपालिका र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले वास्ता नगरेका कारण पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा पर्ने चादी नदीको पुल भासिने खतरा बढ्दै गएको जानकारहरुको भनाई रहेको छ । यस भन्दा पहिला पनि धन्सारमा रहेको पुल नजिकै स्थानीय ट्याक्टर संचालकले बालुवा झिक्दै उत्खनन गरेपछि सो पुल भत्किएको थियो ।
चन्द्रनिगाहपुरस्थित चादी पुलको पिलरबाटै दैनिक दर्जनौ ट्याक्टरले गिट्टी बालुवा निकाल्दै आएका छन् । यस विषयमा चन्द्रपुर नगरपालिका तथा सडक डिभिजन कार्यालय कार्यालय चन्द्रनिगाहपुर बेखबर रहदै आएको छ ।
यसकै कारण चादी खोलामा रहेको पुर्व पश्चिम राजमार्गमा पर्ने चादी खोलाको पुल जोखिम बन्दै गएको जानकारहरुको भनाई रहेको छ ।
स्थानीय ट्याकटर संचालकहरुले दैनिक चादी पुलकै पिलरकै भाग छेउबाट बालुवा उत्खनन गर्दा चादी पुल भासिने खतरा बढ्दै गएको जानकारहरुले तराई एक्सप्रेसलाई बताए । यस विषयमा सम्बन्धित निकायले चासो नलिएकै कारण चादी खोलामा रहेको चादी पुलको अवस्था दयनीय बन्दै गएको जानकारहरुको भनाई रहेको छ । यस्तो विषयमा कसैले ध्यान नदिएका कारण कुनै दिन चादी खोलाको पुल भासिने खतरा बढ्दै गएको छ । २०७९ माघ १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








