चन्द्रपुर,२ फागुन ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कारण चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति मारमा परेको छ । सडक डिभिजनले खन्ने खाल्डोका कारण कयौ पटक खानेपानी उपभोक्ता मारमा परेको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिपक धितालले गुनासो गरे ।
चन्द्रनिगाहपुर गौर सडक खण्डको देउराली चोकमा सडकले पुल बनाउनका लागि खनेको खाल्डोका कारण सो भेगका बासिन्दाले कयौ दिनदेखी स्वस्च्छ खानेपानी खान नपाएको स्थानीयको भनाइ रहेको छ ।
सो स्थानमा सडक बिभिगले चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिसंग समन्वयनै नगरी खाल्डो बनाउदा खानेपानीको पाईप फुटेर उपभोक्ताको धारामा नालाको पानी गएको अध्यक्ष धितालको भनाइ रहेको छ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिसंग प्रयाप्त बजेट नभएको र घरी घरी बिना जानकारी सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले खानेपानीको पाईप फुटाइदिने गरेका कारण आफुहरु समस्यामा परेको खानेपानीका कर्मचारीहरुको भनाइ रहेको छ ।, सडकको मनलाग्दीका कारण चन्द्रनिगाहपुरका खानेपानी उपभोक्ताहरु मारपर्दै आएकाछन् ।